FAQs Complain Problems

नीलकण्ठ नगरपालिका नेपालको उत्कृष्ट नगरपालिकामा सम्मानित

२०७६/०७७ मा भएको काम कारबाहीको आधारमा मन्त्रालयका विज्ञ सम्मिलित टोलीले गरेको कार्यसम्पादन मुल्यांकनको आधारमा उत्कृष्ट नगरपालिका पुरस्कार समारोहका बीच नीलकण्ठ नगरपालिकालाई सम्मानित गरिएको हो। नगरपालिका संघका अध्यक्ष अशोक बेन्जुले आइतबार नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानालाई अवार्ड हस्तान्तरण गर्दै सम्मान गर्नुभएको थियो ।नेपालमा रहेको दुई सय ९३ नगरपालिका,११ वटा उपमहानगरपालिका र ६ वटा महानगरपालिका मध्ये राम्रो काम गरेको आधारमा नीलकण्ठ नगरपालिकालाई सम्मानित गरीएको हो।नीलकण्ठ नगरपालिकाले गरेका कामहरु विकास निमार्णको काम,शुसासन,पारदर्शीता,सूचनाको हक,वातावरणीय पक्ष लगायतको कामको आधारमा सम्मान गरीएको हो ।उत्कृष्ट नगरपालिका घोषणा पश्चात मेयर भिम प्रसाद ढुङ्गानाले आफुले जहिल्यै पनि नीलकण्ठ नगरबासीको शिर ठाडो बनाउने दृढता दोहोर्‍याउनुभयो।